पहिलो भूकम्पको केन्द्र बारपाकमा गाडी पुग्यो

नेपाली सेना र भारतीय सेनाको टोली तैनाथ

भूकम्पपछि बारपाक पुग्ने बाटोका ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । नेपाली सेनाले सडक खुलाएपछि विहीवार पहिलोपटक गाडी पुगेको हो ।

बालुवाबाट बारपाकसम्म १५ किलोमिटर सडक खण्डका धेरै ठाउँमा पहिरो गएको थियो । पहिरो पन्छाएपछि अब भूकम्पले केन्द्र बनाएर ध्वस्त भएको बारपाकमा राहत सामाग्री सडकमार्गबाट जान सम्भव भएको छ ।

नेपाली सेनाका प्रमुख सेनानी प्रेमबहादुर थापाको नेतृत्वमा गाडी लिएरै एउटा टोली बारपाक पुगेको छ । साना ट्याक्टरहरुले सामानहरु ढुवानी पनि थालेका छन् ।

भूकम्पको केन्द्रविन्दु सुन्दर बारपाक बजार भग्नावशेषमा परिणत भइसकेको छ । हिमालय माविको स्कूल भवन सेना र सशस्त्र प्रहरीले बनाउदैछन् ।

केही आरसिसी भवन बाहेक अरु कुनै पनि घर सग्ला छैनन् । सबै पाल टाँगेर चउरमा बसेका छन् । सेनाले स्वास्थ्य शिविर थालेको छ भने भारतीय सेनाको एउटा टोली पनि बारपाकमा छ ।

बारपाकमा भूकम्पको पहिलो धक्कामै ६७ जनाको मृत्यु भएको थियो ।

 

 

0 comments:

Post a Comment